श्रवण वत्स
मैथिली साहित्य परिषद (मैसाप)शाखा राजविराजले हरेक बर्ष झैं यस बर्ष पनि विभिन्न कार्यक्रम गरी ३ दिने विद्यापति स्मृति पर्व मनाएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल त्रयोदशीको दिन मैथिलहरुले विश्वभरी विद्यापति स्मृति पर्व मनाईने गरिन्छ । त्यसै अवसरमा मैसाप सप्तरी शाखा राजविराजले समेत विभिन्न कार्यक्रम गरेको छ ।
सप्तरीको राजविराज स्थित रहेको पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय प्राङ्गणबाट निकाएलिएको झाँकी बजारको विभिन्न भाग परिक्रमा गरी राजविराज नगपालिका-२ स्थित रहेको मैथिली साहित्य परिषदको भवनसम्म पुगेका थिए ।
सो अवसरमा विभिन्न मैथिली अभियानीहरुलाई सम्मान समेत गरेका थिए । शिवद मिश्र स्मृति मैथिली पुरस्कारबाट संगीतकलामा आफ्नो छुट्टै नाम कमाईएका गुरुदेव कामतलाई सम्मान गरेका थिए । त्यस्तै विजयेन्द्र विनोद मैथिली कला संस्कृति पुरस्कारबाट गायक देवेन्द्र सोनी, लक्ष्मी विवेकानन्द स्मृति मैथिली पत्रकारिता पुरस्कार अप्पन टेलिभिजनका मैथिली समाचार वाचक अजय साह शिवाली, शोभा देव स्मृति पुरस्कारबाट सप्तरी जिल्लाका पहिलो महिला शिक्षिका बच्ची मिश्रलाई सम्मान गरिएको थियो ।
सोही अवसरमा मैथिली साहित्य परिषदको भवनमा श्रद्धाञ्जलि कार्यक्रम आयोाजना गरिएको थियो ।
कार्यक्रम मैथिली साहित्य परिषद अध्यक्ष सतिश कुमार दत्तको अध्यक्षता तथा मधेशी आयोगका अध्यक्ष डा. विजय दत्तको प्रमुख आतिथ्यमा भएको थियो ।
सो कार्यक्रममा मैथिली साहित्य परिषदका पूर्व अध्यक्षहरु विष्णु कुमार मण्डल, देवेन्द्र मिश्र, विवेकानन्द मिश्र, महिला परिषदका संस्थापक अध्यक्ष मीना ठाकुर, संविधान सभा सदस्य शिवचन्द्र मिश्र, प्रयाग यादव, नथुनी दास, महिला परिषदक अध्यक्ष शान्ति झा, मधेशी आयोगका सदस्य आभा सेतु सिंह, ब्रहमाकुमारी भगवती दिदी, विमला देव, सर्वेश्वरी झा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमका सञचालन भूपेन्द्र कुमार भूपले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य मैथिली साहित्य परिषदका उपाध्यक्ष श्यामशुन्दर यादवले राखेका थिए । कार्यक्रममा गोसाइनी गीत कञ्चन झाले गायकी थिइन भने कार्यक्रममा स्वागत गीत देवेन्द्र सोनीले गाएका थिए ।