क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले आचारसंहिता उल्लंघनका गर्ने कसैलाई छुट नरहेको बताएका छन् । जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा राजविराजमा आइतबार आयोजित जिल्लास्तरीय मिडिया अभिमूखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्
।
“हामी निर्वाचन आचारसंहितामा उल्लंघनको घटना सुक्ष्मदृष्टिबाट अवलोकन गरिरहेका छौं” उनले भने “कसैलाई कारबाही नहोस् भनेर दल तथा उम्मेदवारहरुसँग पटक–पटक छलफलमा छौं तर उल्लंघनकाको घटनामा कमी हुन सकेको छैन । ” उनले आचारसंहिता उलंघन गरेको उजुरीको आधारमा निर्वाचन आयोगमा प्रतिबेदन पठाईसकेकाले आयोगबाट कारबाही हुने बताए ।
रावलले निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न संचारकर्मीहरुको अहम भूमिका रहेको बताएका छन् ।
उनलेले निर्वाचनमा राजनीति दल, उम्मेदवारले निर्वाचन आचारसंहितामा उल्लंघन गरेको सूचना उजागर गरिदिन संचारकर्मीकर्मीसँग आग्रह गरे । निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबैको सहयोग जरुरी हुन्छ तर त्यसमा पनि पत्रकारहरुको अझै महत्वपूर्ण भूमिक हुन्छ उनको ठहर छ । अधिकृत रावलले पत्रकारहरुलाई निर्वाचनको सफलताका लागि समाचार सम्प्रेषण गरिदिन आग्रह गरे ।
“निर्वाचनलाई खलल र नकारात्मक प्रभाव पार्ने समाचारले आमजनमानसमा राम्रो संदेश जाँदैन” उनले भने “निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पुग्ने समाचार सामाग्री प्रकाशन प्रसारण गरिदिन अनुरोध छ । ”