क्रान्ति केन्द्र सम्वाददाता
समाजिक सञ्जालको दुरुपयोग गरि महिलाको चरित्र हत्या गर्न लागेका एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका- १ प्रिपा पश्चिमका १९ बर्षीय सुमित कुमार थापा हुन् ।
केहीदिन देखि थापा समिरा शर्मा (बेवी) नामको नक्कली फेसबुक आइडी बनाई विभिन्न अश्लिल तस्वीर, भिडियो र अश्लिल शब्द प्रयोग गरी म्यासेज गरि महिलाको चरित्र हत्या गर्दै आएका थिए । पिडितको जाहेरी पछि ईलाका प्रहरी कार्यालय भेडिया सहयोग उनलाई पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्युरोका उपनिर्देशक भाग्येन्द्र पुरुष ढाकालले बताए ।
थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेका थिए । शनिबार थापालाई काठमाण्डौ व्यूरो ल्याएको थियो र उनीविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।