क्रान्ति केन्द्र सम्वाददाता
लोकतान्त्रिक- बाम गठबन्धबाट सप्तरी निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार जयप्रकाश ठाकुरले जनाताको गुनासो सुन्न र सम्बोधन गर्न आफू हरदम तयार रहने बताएका छन् ।
शनिबार राजविराज नगरपालिकिा-७ स्थित घरदैलो कार्यक्रममा मतदाताहरुसंग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले निर्वाचित भएपछि यस क्षेत्रमा देखिएका समस्याहरुलाई सामाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । सरकारी सेवालाई छिटो छरितो आम जनताले पाउन आवश्यक रहेको कुरामा जोड दिए । संघीयताको सफल कार्यान्वयनका लागि पनि यस गठबन्धनलाई जनतालाई जिताउनु पर्ने उनको भनाई छ ।
“विगतका भन्दा यस वर्ष मतदाताहरुबाट आफूलाई राम्रो प्रतिक्रिया आइरहेको छ ” उनले भने “विकासका काममा संधै अगाडी रहन्छु ”
संघीयता अनुसार तीन तहको सरकार व्यवस्थित हुन नसकेको भन्दै उनले लोकतान्त्रिक बाम गठबन्धनले संविधानको अक्षरशः कार्यान्वयन गर्ने बताए । ठाकुरले सत्तारुढ पाँच दलीय गठबन्धन संविधानको रक्षा र राजनीतिक स्थिरताका लागि भएको बताए ।
सप्तरी–२ (ख)का प्रदेश सभा सदस्यका उम्मेदवार उमेश कुमार यादवले यो गठबन्धन चुनाव भरीको लागि मात्र नरहेको बताए । मंसिर ४ पछि पनि लामो समय सम्म गठबन्धन कायम रहने दावी गरे । यो गठबन्धन संविधान रक्षाको लागि र संविधान बचाउनको लागि भएको उललेख गर्दै उनले लोकतान्त्रिक बाम गठबन्धका उम्मेदवारहरुलाई मतदान गर्न आम मतदाताहरुसँग आग्रह गरे ।