क्रान्ति केन्द्र सम्वाददाता
निहारिका राजपुत (सोनाली सिंह)को छोरा र शिवराज श्रेष्ठको डिएनए मिलेको छ ।
शुक्रबार डिएनएको रिपोर्ट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबाट उच्च अदालतबाट जनकपुर पुगेको छ।
निहारिकाले शिवराज श्रेष्ठले गरेको जबर्जस्ती करणीबाट छोरा जन्मिएको दाबी गर्दै आएकी थिइन् । श्रेष्ले भन्ने त्यसलाई नकार्दै आएका थिए ।