प्रवेश कुमार बाबुल
मुलुकमा शासन व्यवस्था फेरिए पनि आमजनको समस्या भने कायमै छ । सप्तरीको बोदबर्साईन नगरपालिका-०७,फुलकाहीमा रहेको डोम बस्ती त्यसको एउटा उदाहरण हो । यसमा गरीखाने लगभग १२ परिवार बसोबास गर्छन् । थुप्रै समस्याका बिच उनीहरू जसरी पनि जिवन बिताइरहेको त्यँहकी वासिन्दा रिता मरिकले बताईन् । “हामीसँग कल(ट्वेल) छैन्,फोहर रहेको ईनारको पानी खानु परिरहेको छ ” उनले भनिन् “नेताहरु चुनावको बेला भोट माग्न आउँछन तर फेरि फर्केर हेर्न पनि आउँदैनन्,”
त्यहीँ बसोबास गर्ने दाशो मरिक ” फोहर पानी खाएर बिरामी परेको छुँ, बच्चाहरु पनि बिरामी परेको छ ” भन्छिन् ” जसले कल(ट्वेल) दिन्छन् उसैलाई भोट दिन्छौं”
रामवती मरिकले गरिबको लागि कोही नेता नरहेको, सबै आफ्नो खल्ती भर्न मात्र राजनीति गर्छन् भन्दै आक्रोशसहिको दु:ख व्यक्त गरिन् ।
स्थानीय सरकारमा दोस्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भई सकेका छन् । प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको दोस्रो कार्यकालका लागि निर्वाचन नजिकिँदै गएको छ । तर, फुलाकाहीका यो डोम वस्तीको यस अवस्थामा कसैको ध्यान नगएको एकदमै निन्दनीय बिषय रहेको समाजिक अभियन्ताहरुको भनाई छ ।