क्रान्ति केन्द्र सम्वाददाता
सप्तरी जिल्लाको छिन्नमस्ता गउँपालिका वडा नम्बर ६ खुदिबखारीमा बाम लोकतान्त्रिक गठबन्धन दलले रामचन्द्र मण्डलको अध्यक्षतामा ५१ सदस्यीय वडा समिति गठन गरेको छ ।
शुक्रबार सत्यदेव मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा समिति गठन भएको हो । समितिमा अध्यक्षमा रामचन्द्र मण्डल, उपाध्यक्षमा रत्नेश्वर मण्डल, सचिवमा रामानन्द मण्डल, कोषाध्यक्षमा जिबछ मण्डल चयन भएको छ ।
त्यस्तै सदस्यहरुमा मो. कासिम मंसुरी, लाल बहादुर मुखिया, बलराम शर्मा, प्रमेशवर ठाकुर लगायत ५१ सदस्यीय वडा समिति गठन भएको थियो ।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएकालाई मात्रै प्रचार प्रसार गर्ने र तिनीहरुलाई जिताउने बारेमा समेत चर्चा परिचर्चा भएको थियो । अध्यक्ष मण्डलले बताए ।
सो कार्यक्रममा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।















