क्रान्ति केन्द्र सम्वाददाता
राजविराज ।
नेकपा माओवादी केन्द्रका पार्टीका भातृ संगठन यङ्ग कम्युनिष्ट लिग (वाईसिएल)का केन्द्रीय नेता मुकेश कुमार यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । उनलाई सोमबार एक कार्यक्रम बीच जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त (सिके) राउतले टिका लगाई पार्टीमा प्रवेश गराएका थिए ।
ति
तिलाठी कोइलाडी गाउँपालिका – १ तिलाठी निवासी यादव २०६५ साल देखी माओवादी पार्टीमा लागेर विभिन्न आन्दोलनमा सक्रिय भई आफ्नो भुमिका निभाउँदै आएका थिए । माओवादीमा रहेर उनी स्थानीय चुनाव २०७४ र २०७९ तिलाठी कोइलाडी गाउँपालिका -१ का वडा अध्यक्ष पदमा उम्मेदवारी समेत दिएका थिए ।
क्रान्ति केन्द्र संगको सम्वादमा उनले माओवादी पार्टी कहीले मधेशी जनताको हितमा नरहेका कारणले गर्दा पार्टी प्ररित्याग गर्नु परे यादवले बताए । माओवादी, नेकपा एमाले र काँग्रेस कहीले पनि मधेशी जनताको हितमा काम नगरेको उनको ठहर छ । “त्यो संविधान जारी होस वा संविधान संशोधन किन्न होस, तर यिनीहरु मधेशको हितमा काम गरेका छैन । त्यहि भएर यो पार्टी पत्याग गर्न बाध्य भएँ” उनले भने ।