श्रवण वत्स
सप्तरी जिल्लाको दक्षिणी भेगमा रहेका तिलाठी कोइलाडी गाउँपालिका- १ बेल्ही भन्सारमा चारु मेडिकेयर एण्ड रिसर्च सेन्टर संचालन भएको छ ।
शुक्ररबार एक कार्यक्रम बिच सेन्टर संचालन भएको छ । तिलाठी कोइलाडी गाउँपालिका- १ का वडा अध्यक्ष दिनेश्वर मिश्रले मेडिकेयर सेन्टर सञ्चालनमा आएपछि स्थानीय लगाएत छिमेकी देशका विहार राज्य सुपौल जिल्लाका स्थानीयहरुले समेत यसबाट लाभ लिन सक्ने भन्दै खुसी व्यक्त गरे ।
त्यस्तै सोही गाउँपालिका- ३ का वडा अध्यक्ष रमेश कुमार मुखियाले समेत सेन्टर संचालन प्रति खुसी व्यक्त गरे । उनले “एउटा सानो तिन रोगको चेकजाँच गर्न यहाँका बासीलाई राजविराज, विराटनगर, धरान र काठमाण्डौ जानु पर्थ्यो, अब यहाँबाट त्यहि सुविधा पायो भने पैसको साथ साथै समयको समेत बचेत हुनेछ ” भने
सेन्टरको उद्घाटन अवसरमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । सो अवसरमा १ सय भन्दा बढी विरामीले चेक जाँच गराई लाभ लिएका थिए ।
उक्त कार्यक्रममा विभिन्न राजनीतिकर्मी, बृद्धिजीवि, तिलाठी कोइलाडी गाउँपालिका सिमा रक्षक देवनारायण यादव,स्थानीयवासीहरु तथा विभिन्न डाक्टरहरुको समेत उपस्थिति रहेको थियो