क्रान्ति केन्द्र सम्वाददाता
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को “ख” अन्तर्गतको गठबन्धन दलका साझा उम्मेदवारहरुको पार्टी सम्पर्क कार्यालय स्थापना गरिएको छ । उक्त कार्यलयको शुक्रबार छिन्नमस्ता गाउँपालिका, सखडामा उद्घाटन गरिएको छ । उद्घाटन समारोहका प्रमुख अतिथि गठबन्धन दलबाट क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवार जय प्रकाश ठाकुरले गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि गठबन्धन दलका माओवादी केन्द्र बाट क्षेत्र नम्बर २”ख” को प्रदेशसभा सदस्य उम्मेदवार उमेश कुमार यादव ,गठबन्धन दलका लोसपा बाट क्षेत्र नम्बर २”क” को प्रदेशसभा सदस्य उम्मेदवार सरोज कुमार मण्डल लगायत अतिथिमा पाँचदलीय गठबन्धनका विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो।
उद्घाटन कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेसका छिन्नमस्ता गाउँपालिका सभापति कुलानन्द यादवले गरेका थिए ।