क्रान्ति केन्द्र सम्वाददाता
राजविराज ।
सप्तरी जिल्लाको क्षेत्र नं. ३ ख मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय नेता गजेन्द्र मण्डले पनि प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । मण्डलबाट कक्षा ८ मा अध्यनरत हुँदा राजनितीमा लागेका व्यक्ति हुन् ।
२०४६ सालमा उनी नेपाल विद्यार्थी संघबाट राजनीतिको सुरुवात गरेका थिए । राजनिति क्रममा उनी पटक पटक जेलका यात्रा समेत गरेको बताए।
उनी २०६६ सालबाट मधेशीपार्टीमा आवद्ध भई कामकाज सुरु गरेको बताए।
२०७० सालमा उनी राष्ट्रीय मधेश समाजवादी पार्टी (रामसपा)बाट उम्मेदवारी दिएका थिए । त्यसपछि उनी आफ्नो क्षेत्रमा जनतासँग प्रत्येक्ष जोडेर काम गर्दै आएका थिए । त्यसपछि उनलाई मौका नभेटेर उम्मेदवारी दिन नपाएको उनले बताए। यसपाली उनी क्षेत्र नं. ३ को “ख” बाट उम्मेदवारी दर्ता गराएका छन् ।
क्रान्ति केन्द्र सँगको सम्वादमा मण्डलले अरुको एजेण्डाबाट आफ्नो फरक एजेण्डा रहेको बताए । सडक, शिक्षा, स्वास्थ्य र विकासको सँग सँगै मधेशको मुल्य मुदालाई समेत अगाडी लिएर जाने मेरो एजेण्डा रहेको उनले बताए । त्यस क्षेत्रबाट जसपा एमाले गठबन्धनबाट बिदेश्वर यादव बिक्की, नेपाली काँग्रेसबाट भगवती प्रसाद यादव, राप्रपाबाट डोमनी देवी राम, जनमत पार्टिबाट शम्भु साह लगायतलाले उमेद्वारी दिएका छन् ।