क्रान्ति केन्द्र सम्वाददाता
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेसंग तालमेल भएपनि विचारधारामा सहमति असहमति रहेको भनेका छन् ।आइतबार आसिन चुनावको लागि उमेद्वारी दर्ता गराए पश्चात संचारकर्मीसंगको कुराकानीमा उनले यस्तो भनेका हुन् ।” विचारधाराको सहमति असहमति आफ्नो ठाउँमा छदैँछ, यो सिटको तालमेल हो ।” उनले भने ” तालमेलले विचारधाराको कुरालाई छेक्दैन, यो गति अगाडी बढ्छ ।” उनले गठबन्धन लोकतन्त्रको सौन्दर्यता रहेको बताएका छन् ।