प्रवेशकुमार बाबुल
सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ बाट दुई पार्टीका राष्ट्रिय अध्यक्ष उमेद्वारी दिएका छन् ।आसिन मंसिर ४को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव तथा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले आइतबार उम्मेद्वारी दर्ता गराएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव पछिल्लो पल्टको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । उनले पुनः यसै क्षेत्रबाट उमेद्वारी दर्ता गराएका छन् ।
यस क्षेत्रमा गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीका जय प्रकाश ठाकुरले उमेद्वारी दर्ता गराएका छन् ।यस क्षेत्रबाट जम्मा १६ जनाले प्रतिनिधि सभा सदस्यमा उमेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यलय, सप्तरीले जनाएको छ ।।