क्रान्ति केन्द्र सम्वाददाता
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि सप्तरीमा निर्वाचन अधिकृतको कार्यालयहरुको स्थापना गरिएको छ । बिहीबार सदरमुकाम राजविराजमा आयोजित एक कार्यक्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, राजविराजमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय,सप्तरीले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला अदालतका मुख्य न्यायाधीश हेमन्त रावल रहने जनाइएको छ ।
सप्तरी जिल्लामा जम्मा ४ निर्वाचन क्षेत्र रहेको छ ।
क्षेत्र नम्बर–१को निर्वाचन कार्यालय सर्वोदय मा.वि.कंचनपुरमा स्थापना गरिएको छ । त्यहँका निर्वाचन अधिकृतको जिम्मा धनेन्द्र अधिकारलाई दिइएको छ ।
जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले क्षेत्र नम्बर–२ को कार्यभार सम्हालेने जानकारी प्राप्त भएको छ । क्षेत्र नम्वर ३ को निर्वाचन कार्यालय शम्भुनाथ नगरपालिकाको वडा नम्वर ७ को वडा कार्यालयमा स्थापन गरिएको छ । त्यहाँका निर्वाचन अधिकृतको जिम्मेवारी मदन प्रसाद पराजुलीलाई दिइएको छ । निर्वाचन क्षेत्र नम्वर ४ को कार्यालय खडक नगरपालिकाको कार्यालयमा स्थापना गरिएको र त्यहाँको निर्वाचन अधिकृतको रूपमा विश्वबन्धु पोडेल रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।