प्रवेशकुमार बाबुल
तिहार सकिने लगतै हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व छठ आउने भएको छ ।खासगरि तराई भेगमा मनाउने यस पर्वको बाँससँग विशेष सम्बन्ध रहेको छ । अधिकतम बाँसका सामग्रीहरू प्रयोग हुने यो पर्व नजिकिएकोले बाँसका सामग्री बनाउने कलाकारलाई अहिले भ्याईनभ्याई भएको छ । तराई भेगका लगभग प्रत्येक हिन्दु परिवारमा यो पर्व मनाइने गरेको हुनाले समान किन्नेहरुको उनीहरु कहाँ भिड लागेको छ ।
छठको लागि छिट्टा, ढकिया ,कोनिया लगायतका समान बनाउन अहिले उनीहरु दिनभरी व्यस्त देखा परेका छन् ।
छठ पर्वको कारण दिनभरि कामैकाम रहेको बाँसको सामग्री बनाउने कलाकार राजेन्द्र मरिकले बताए । उनले भने ” पर्व छ अहिले त्यसैले काम नै काम छ , बाँकी बर्ष भरि बिना काम कै बसेको हुन्छौं।”
एक अर्को कलाकार अरहुलिया देवीले “पर्वको सिजन भएकोले अहिले त अति नै व्यस्तता छ तर अन्य समयमा कसैलाई आवश्यकता परे भने समान लै जान्छ नत्र बसेकै हुन्छौं, काम हुदैन् ” सुनाइन् ।
हुन त यो पर्व आजै देखि सुरु भइसकेको छ । आज ‘नहाई खाईक’, भोलि ‘खरना’ र पर्सी (आइतबार )बेलुका र सोमबार बिहान भन्ने सुर्य देउताको विशिष्ट पुजा गरि छठ पर्व मनाइने छ । छठ पर्वले गर्दा सप्तरीमा अहिले उत्साहको माहौल छ ।