क्रान्ति क्रेन्द्र सम्वाददाता
सप्तरी जिल्लाको राजविराज-कुनौली सडक खण्डमा तिलाठी कोईलाडी गाउँपालिका स्थित खाँडो पूल निर दुर्घटनामा परि एक जना महिला घाइते भएकी छिन् । घाइते हुनेमा राजबिराज- १, चनौरा निवासी कलिया देवी राम रहेकी छिन् ।
आज (शुक्रबार) साँझ कुनौलीबाट राजबिराज तर्फ जाँदै गरेको स१ह १००८ नम्बरको सिटी गाडी र विपरीत दिशाबाट आउँदै गरेको स१ह १९४६ सिटि गाडी एक आपसमा ठोक्दा उनी घाइते भएकी हुन् ।
उनी राजविराज तर्फ जाँदै गरेको सिटीमा सवार थिईन् । दुर्घटनामा उनको दायाँ हात भाँचेको छ । रामको उपचार तिलाठी कोईलाडी गाउँपालिका- १ बेल्ही भन्सारमा रहेको चारु मेडिकेयरमा उपचार भईरहेको तिलाठाि प्रहरी चौकीका ईन्चार्ज अवधेश चौबैले जानकारी दिए । उनी छठ पर्वको लागि समान किन्न भारतिय बजार कुनौली गएकी थिइन् ।