क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीसहित देशभरि हर्षोल्लासका साथ आज (बिहिबार) भाईटीका मनाइएको छ । दिदीबहिनीले दाजुभाईलाई दिर्घायु कामना गर्दै यो पर्व मनाईएको छ ।
बर्ष पछिको यसपर्वमा दाजुभाई दिदीबहिनी कहाँ आउने गर्छन् । भारतको बिहारबाट भाईटीकाका लागि सप्तरी आएको सुमन झाले दाजुभाई र दिदीबहिनीको सम्बन्धको प्रतिक भाईटीका रहेको बताए ।
परम्पराअनुसार दिदीबहिनीहरुले भाईलाई टिका लगाएर पुजा गरी भोजन गराई भाईटीका मनाईन्छ । दाजुभाईको हातमा पिठार(पिसेको चामल), सिन्दुर लगाई पान, सुपारी र पैसा राखि दिदीबहिनीले हातमा पानि हालि दाजुभाईको दिर्घायुको कामना गर्छिन् । दाजुभाईले दिदीबहिनीलाई यसरी पुजा पछि उपहार दिने गरिन्छ ।
यस पर्वको लागि आवतजावतले गर्दा बिहिबार सप्तरीमा भीड लागेको थियो । विभिन्न ठाउँबाट सप्तरी आउने गाडीहरु खचाखच भरिएको थियो ।