प्रवेशकुमार बाबुल
चुनाव जितेपछि जनप्रतिनिधिहरु फर्केर हेर्न पनि आउँदैन् भनेर जनताहरुले गुनासो गरेका छन् । मुलुकमा चुनावी माहौल तातिएको छ । नेताहरु मतदाता रिझाउन जनताको घर घर पुगिरहेका छन् ।
आशन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई केन्द्रित समाचार संकलनको क्रममा सप्तरी क्षेत्र नम्बर ४मा पर्ने बलान बिहुल गाउँपालिका गाउँपालिकाको ५ नम्बर वडा, रामपुरका वासिन्दासँग कुराकानी गर्दा “जितेपछि जनप्रतिनिधिहरु फर्केर हेर्न पनि आउँदैन्,भोट माँग्न आउँछन् त्यसपछि हामीसँग केही मतलब नै राख्दैनन् ” गुनासो गरे । उनीहरूसँग आशन्न चुनावमा कस्ता नेतालाई मत दिने सोध्दा ” के मत दिने, सबै मतलबी छन् , हाम्रो हित सोच्ने कोही पनि छैन ।” उनले दुख व्यक्त गर्दै भने “मत लिने बेलामा मात्र नेताको मुख हेर्ने पाउँछु , बाँकी दिनमा त मुख पनि देखाउँदैन् ।”
२१ औं सताब्दी चलिरहँदा सडक, तथा अन्य सुविधाको त कुरै छाडौं उनीहरूसँग पानी खान घरमा कल समेत नरहेको दु:ख व्यक्त गरे । उनीहरुले अर्काको घरबाट पानी ल्याउनुपर्ने बाध्यता रहेको सुनाए ।
दैनिक आवश्यकता समेत पुरा नभएको उनीहरूको जिवन अति नै कष्टकर रहेको छ ।