क्रान्ति केन्द्र सम्वाददाता
राजविराज ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले “नेपाली काँग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी पार्टीहरुले मधेशी पार्टी समाप्त गर्न खोजेपछि त्यहि भएर जसपा नेपाल गठबन्धनबाट बाहिरिएको बताए ।”
शुक्रबार तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ५ बोदेबरसाइनमा भएको अगुवा कार्यकता भेला कार्यक्रममा यस्तो किसिमको कुरा अध्यक्ष यादवले बताए । उनले भने, “यी पार्टीहरुको मधेश प्रति हेराई दृष्टी नराम्रो रहेको कारणले गर्दा हामी त्यस गठबन्धबाट बाहिरिएको हो ।” उनले भने
“जुन चक्रब्युहबाट जसपा नेपाल निस्कियो, त्यही चक्रब्युमा लोकतािन्त्रक समाजवादी पार्टी गएर फस्यो, मैले पटक–पटक लोसपालाई संगै आउने आग्रह समेत गरेका थिए । ”
अगुवा कार्यकर्ता भेला कार्यक्रम जसपा नेपालका युवा नेता निरज मुक्तिको अध्यक्षतामा भएको थियो । कार्यक्रमको प्रमुख अतिथि जसपा नेपलाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव रहेका थिए । विशिष्ट अतिथि निवर्तमान कृषि तथा पशुपन्छी बिकास मन्त्री मृगेन्द्र कुमार सिंह यादव, मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह रहेका थिए ।
सो कार्यक्रममा जसपा नेपलाका जिल्ला अध्यक्ष केदार यादव, रञ्जु ठाकुर, मधेश प्रदेश संघीय सदस्य नवनित झा, मधेश प्रदेश सदस्य सुरजित सिंह “गुड्डु” लगायत हजारौं संख्यामा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।