प्रवेशकुमार बाबुल
राजविराजको हटियामा बोका किन्न मान्छेको भिड बढिरहेको रहेको छ । दशैंमा बोकाको माग बढेसंगै मुल्य पनि अकाशिदै गएको छ ।
दशैंमा बोकाको अस्वभाविक रुपले बढी मुल्य लिइरहेको बोका किन्न गएका राजविराजका अजय दासले गुनासो गरे । “बलीको लागि बोका किन्नु आएको थिएँ, यहाँ त बोका सुन भन्दा पनि महंगो रहेछ ।” उनले भने ” हामी जस्तो मध्यमवर्गीय मान्छेको लागि त अब बली प्रदान गर्न बोका किन्नु सपना नै हुने जस्तो लाग्छ ।”
बोका किन्न गएका स्थानीय अकाश यादवले व्यपारीहरुले मनमर्जी रुपमा मुल्य लिइरहेको बताए । उनले “बोकाको तौलका आधारमा मुल्य लिनुपर्ने हो, तर यहाँ त तौल भन्दा पनि तिन गुणा बढी दाम लिईरहेको छ ।” उनले भने । एउटा ५ किलो वजन भएको वोकाको मुल्य दश हजार भन्दा पनि बढी लिने गरेको उनले बताए ।क्रान्ति केन्द्रकसंगको संवाद मार्फत उनले स्थानीय सरकारलाई यसमा ध्यान दिन माग गरेका छन् ।
ग्रामीण क्षेत्रमा दशैंमा बली प्रदानका उदेश्यले बोका किन्ने कार्य दशैंको दुई महिना भन्दा पहिला देखि सुरु भइहाल्छ । सहर बजारमा वसोवास गर्नेको यो क्रम घटस्थापना पछि सुरु हुन्छ । दसैँ नजिकिँदै गर्दा खसी बोका किनबेच गर्नेको बजारमा भिड बढ्न थाल्छ ।घटस्थापनादेखि अझ खसीबोकाको माग बढेसंगै प्रत्येक बर्ष मुल्य बढ्ने गरेको एकजना स्थानीयले बताए ।
सप्तरीका शक्तिपीठलगायत बिभिन्न स्थानहरुमा खासगरी अष्टमी र नवमीका दिन बोका, खसी, राँगा, पाठी, परेवाको बली दिने गरिन्छ । त्यसमा सबभन्दा बढी बली बोकाकै दिने गरिन्छ । सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता (सखडा)मा मात्र अष्टमी र नवमीका दिन प्रत्येक बर्ष ३००० भन्दा बढी बोकाको बली चढ्ने गरेको छ । यसबाहेक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका स्थित कंकालिनी मन्दिर, राजविराज नगरपालिका स्थित भगवती मन्दिर, राजदेवी मन्दिरलगायत स्थानमा समेत बली दिने गरिन्छ ।