क्रान्ति केन्द्र सम्वाददाता
सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकाद्वारा आयोजित प्रथम राष्ट्रिय खुल्ला अध्यक्ष भलिबल प्रतियोगिताको बिहिबार चौथो दिनको खेलमा मोरङ्ग विजय भएको छ । खेलमा मोरङले ३–०को अन्तरले छिन्नमस्ता “बि” माथि विजय हाँसिल गरेका थिए ।
सोमबारबाट सुरु भएको खुल्ला अध्यक्ष भलिबल प्रतियोगिता कुल १३ वटा टिम सहभागि रहेका छन । जसमा १० वटा पुरुष टिम र ३ वटा महिला टिमको सहभागिता रहेको छ । विजेता टिमलाई नगद १ लाख १ हजार र उपविजेता टिमलाई ५१ हजार नगद तथा शिल्ड दिइने आयोजक समितिका बसन्त चौधरीले बताए । खेलको मैन अफ द सिरीजमा ५ हजार नगद र शिल्ड समेत बितरण हुने चौधरीले बताए ।
सहभागिता टिमहरुमा सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, सुनसरी, मोरङ, सिरहा, धनुषा, सुरुङ्गा नगरपालिका धरान, नेपाल पुलिस आर्मी क्याम्प रहेका छन ।
भोलि
भोलिको खेल बरख गण आर्मी कल्व, सप्तरी र सुनसरीको बिच दउँसो २ बजे देखी सुरु हुने चौधरीले बताए ।