क्रान्ति केन्द्र सम्वाददाता
लोकतांत्रिक समाजवादी पार्टी नेपाल, सप्तरीले बुधबार सप्तरी जिल्लाको राजविराज नगरापालिका वडा नम्बर- ९ कोलहट्टा र बिहारपुरका स्थानीयहरुसँग प्रत्येक्ष भेटघाट गरी तिनीहरुको समस्या बुझेका थिए ।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई लक्षित गरी सप्तरी जिल्लाका विभिन्न गाउँपालिका र वडामा उनीहरुले घरदैलो कार्यक्रम गर्दैआएका छन ।
लोसपाका केन्द्रीय नेता जय प्रकाश ठाकुरको अगुवाई गरिएको घर दैलो कार्यक्रममा राजविराज नगरपालिकाका निवर्तमान नगर प्रमुख शम्भु प्रसाद यादवले कोलहट्टाका विभिन्न नेता कार्यकताहरु सँग भेटघाट तथा दशैं तिहारको शुभकामना आदान प्रदान समेत गरेका थिए ।
स्थानीय गरीब जनताहरुसँग प्रत्यक्ष भेटघाट क्रममा स्थानीयहरुले आफ्नो समस्या तिनीहरुलाई सुनाईएका थिए ।
कार्यक्रममा ओली महम्द, राम किसुन यादव, किसन यादव, मागैन यादव, रोजित मिया वडा नम्बर-९ कोलहट्टाका निर्वतमान वडाअध्यक्ष शम्भु यादव (लाली), सीताराम यादव, हिरा खान तथा युवा नेता रामजी यादव, ललन झा, ललन दास लगायतका सहभागिता रहेका थिए ।