क्रान्ति केन्द्र सम्वाददाता
राजविराज नगरपालिकाद्वारा घर नक्सा पास तथा अभिलेखीकरण सम्बन्धी कार्य पुनः सुचारु गरिएको छ ।मंगलबार नगरपालिकाले एक सुचना जारी गर्दै कार्य सुचारुको जानकारी गराएको छ ।सोही दिन नगरपालिकाले बिना इजाजत घर निर्माण कार्य गरेकालाई नक्सा अभिलेखीकरण गराउन समेत सुचना जारी गरेको थियो ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुद्वारा हस्ताक्षरित सुचना पत्रमा नगरपालिका भित्रका १ देखि १६ नम्बर वडा सम्मका क्षेत्रमा बिना नगरपालिकाको इजाजत निर्माण गरिएको घरको नक्सा बनाई नक्सा उपशाखामा पेश गर्नुपर्ने भनिएको छ ।सो नक्सा पेश गर्नको लागि सुचना गरिएको मिति देखि तिन महिना सम्मको समय दिइएको छ ।गत भदौ १७ नगरपालिकाले सुचना जारी गर्दै कार्य स्थगन गरिएको जानकारी गराएको थियो ।