क्रान्ति केन्द्र सम्वाददाता
राजविराज ।
सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकाद्वारा आयोजित प्रथम राष्ट्रिय खुल्ला अध्यक्ष भलिबल प्रतियोगिताको दोश्रो दिनको खेलमा कविलाशा र धनुषाको विजय सुरुवात भएको छ ।
सोमबारबाट सुरु भएको खेलको नतिजा आउन नसकेर मंगलबार १ बजे देखी पुनः सोही खेल सञ्चालन भएको थियो । सोमबार अन्धारो भएको कारणले खेलको निर्णय विहिन नै रोकेको थियो ।
मंगलबार १ बजे देखी सुरु भएको खेलमा कविलाशाले आफ्नो प्रतिद्वन्द्वी छिन्नमस्ता टिमलाई ३–० ले हराएका थिए ।
मंगलबार दोश्रो खेल ३ बजे देखी सुरु भएको थियो । खेल धनुषा विरुद्ध नेपाल प्रहरी तालिम केन्द्र राजविराज बिच भएको थियो । जसमा धनुषाले नेपाल प्रहरी तालिम केन्द्र राजविराजलाई ३–०ले पराजित गरेका थिए ।
प्रतियोगितामा कुल १३ वटा टिम सहभागि रहेका छन । जसमा १० वटा पुरुष टिम र ३ वटा महिला टिमको सहभागिता रहेको आयोजकले बताए । विजेता टिमलाई नगद १ लाख १ हजार र उपविजेता टिमलाई ५१ हजार नगद तथा शिल्ड दिइने आयोजक समितिका बसन्त चौधरीले बताए । खेलको मैन अफ द सिरीजमा ५ हजार नगद र शिल्ड समेत बितरण हुने चौधरीले बताए ।
सहभागिता टिमहरुमा सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, सुनसरी, मोरङ, सिरहा, धनुषा, सुरुङ्गा नगरपालिका धरान, नेपाल पुलिस आर्मी कम्प रहेका छन ।
भोलि डाक्नेश्वरी कविलाशा विरुद्ध धनुषा बिच दिउँसो २ बजे देखी सुरु हुने चौधरीले बताए ।