क्रान्ति केन्द्र सम्वाददाता
सप्तरी प्रहरीले दुई जना तस्करसहित १४ लाख रकमको चाँदीका गरगहना नियन्त्रणमा लिएका छन् ।अबैध रुपमा नेपालबाट भारत तर्फ लग्ने क्रममा आइतबार उनीहरुलाई सप्तरीको छिन्नमस्ता गाउँपालिका निर नियन्त्रणमा लिएका थिए ।
पक्राउ पर्नेमा झापाका शिवसतासी नगरपालिका-२का २५ बर्षीय करण लोहार तथा सोही जिल्लाका कमल गाउँपालिका- ४ का ३५ बर्षीय मणी प्रसाद बिश्वकर्मा रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
आज सोमबार उनीहरूलाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय ईटहरी,सुनसरी पठाईएको उनले बताए ।