क्रान्ति केन्द्र सम्वाददाता
राजविराजमा चोरी पीडित संघर्ष समिति राजविराज नगरवासीद्वारा प्रदर्शन गरिएको छ । आज(सोमबार) दिउँसो शिव मन्दिरको प्रांगणबाट निकालिएको रैली नारा लगाउँदै नगर परिक्रमा गरेको थियो ।केहि दिन यता सप्तरीमा बढीरहेरको चोरी घटनाप्रति स्थानीय सरकार तथा प्रहरीले ध्यान नदिएको भन्दै आक्रोसित बनेका थिए ।चोरलाई कारवाही तथा शान्ति सुरक्षा कायम गर्न उनीहरुको माग रहेको थियो । जिल्ला प्रहरी कार्यलय अगाडी पनि उनीहरुले चर्को नारावाजी गरेका थिए ।शान्ति सुरक्षा कायम गर, चोरलाई कारवाही, पुलिस प्रशासन मुर्दावाद, स्थानीय सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए । उनीहरुले प्रभावकारी सीसीटिभी जडान गर्ने समेत माग राखेका थिए ।