Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

हिन्दुहरुको महान चाड बडादशैं आजबाट सुरू, आजको दिन घटस्थापना 

पहिलो दिन शैलपुत्रीको पूजा गरिदैं 

हिन्दुहरुको महान चाड बडादशैं आजबाट सुरू, आजको दिन घटस्थापना 

श्रवण वत्स

राजविराज ।

हिन्दुहरुको महान चाड बडादशैं आजबाट सुरु भएको छ । आजको दिनलाई घटस्थापना भन्ने गरीन्छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । आज भगवतीको शैलपुत्री रुपको पुजा गरिँदै छ ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । मिथिलाञ्चलनमा आज देखी हरेक घरमा कुमारी (अबिवाहित कनियाँ) बाहुनको छोरीलाई (सात महिना देखी ५ बर्ष मुनीका हुनुपर्यो) भगवती घरमा खुवाउँने चलन समेत छ । खिर, दही च्युरा कुमारीलाई खुवाउँ पछि भक्तजनको सबै मनकामना चाँडै पूर्ण हुने गर्न धार्मिक विश्वास छ । भगवती पुजा कोठामा कुमारीलाई खुवाएपछि माता दुर्गा समेत प्रसिद्ध हुने गर्छन, धार्मिक मान्यता समेत रहेका छन ।

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।

दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आवाहन गरी पूजा हुन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकको रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा नेपाली समाजमा छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसहरुलाई वध गर्न लिएका नौ वटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना हुन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ ।

आजदेखी बिहानैबाट सप्तरी जिल्लाको छिन्नमस्ता गउँपालिका वडा नम्बर ३ सखडामा रहेका छिन्नमस्ता (सखडा) मन्दिर, राजविराजको राजदेवी मन्दिर, भगवती मन्दिर हनुमाननगर कंकालनी नगरपालिका वडा १ स्थित

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

रहेको कंकालनीमन्दिर लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

दुर्गाको प्रतिकका रूपमा यस दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै नव कन्याको पूजासमेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । दसैँको सातौं दिन धार्मिक विधि अनुसार फूलपाति भित्र्याउने, महाअष्टमी र महानवमीका दिन बली पूजा गर्नेहरुले दसैं घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गरिन्छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्रको पाठ पारायण पनि गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ ।

दानवी प्रवृत्तिबाट मानिसलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रोक्त कथन छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकको रूपमासमेत मनाउने गरिन्छ ।

यसैबीच घटस्थापनाको उत्तम साइत १० बजेर २३ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यस वर्ष दसैंको टीका भने असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मिनेटमा उत्तम मानिएको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

सरस्वतीलाई २१ किलोको सिंगो लड्डु चढाइयो

सरस्वतीलाई २१ किलोको सिंगो लड्डु चढाइयो

झण्डै एक सत्बादीदेखि चार दीवसीय सरस्वती पुजा, के के हुँदैछ कार्यक्रम ?

झण्डै एक सत्बादीदेखि चार दीवसीय सरस्वती पुजा, के के हुँदैछ कार्यक्रम ?

विद्यापति स्मृति पर्वको अवसरमा राजविराजमा २१ जनाद्वारा रक्तदान

विद्यापति स्मृति पर्वको अवसरमा राजविराजमा २१ जनाद्वारा रक्तदान

राजविराज महोत्सवको उद्घाटन

राजविराज महोत्सवको उद्घाटन

राजविराज महोत्सव भोलिदेखि सुरू, के छ सुविधाहरु ?

राजविराज महोत्सव भोलिदेखि सुरू, के छ सुविधाहरु ?

साउनको तेश्रो सोम, बिहानैदेखि शिवालयहरु भक्तालुहरुको भीड

साउनको तेश्रो सोम, बिहानैदेखि शिवालयहरु भक्तालुहरुको भीड

Natraj Technology advertisement

ताजा समाचार

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

मंसापुरमा एक युवकको शव फेला

सप्तरीमा घाँटी रेटि एक युवकको हत्या

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

सशस्त्रको एआइजीमा ठाडा मगर

सशस्त्रको एआइजीमा ठाडा मगर

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology