क्रान्ति केन्द्र सम्वाददाता
सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा -५ लोखरमा जनता समाजवादी पार्टी नेपालका गाउँ कमिटीद्वारा आयोजना गरेका विजय दशैं, तिहार र छठको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रममा सम्पन्न भयो ।
आज शनिबार जसपा नेपालका वडा समिति उमेश साहका अध्यक्षता तथा सोही गाउँपालिकाका जसपा सचिव दिनेश शर्माको अगुवाईमा भएको कार्यक्रममा मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह प्रमुख आतिथि र विकास तिवारी विशिष्ट आतिथि रहेका थिए ।
प्रमुख अतिथिको आसनबाट अर्थमन्त्री साहले संघियताको संरक्षण गर्न हाम्रो अधिकार हो, संघियताको खारेज गर्न षडयन्त्र भईरहेको बताएका थिए । “त्यस्तो षडयन्त्र गर्नेहरु आफै नष्ट हुन्छ, मधेश आन्दोलनको ठुलो उपलब्धी नै संघियता हो । संविधानमा अहिले पनि ठुलो त्रुटी रहेको छ, त्यो त्रुटीलाई अब यथासिघ्र अन्त्य गर्ने छौ” उनले भने ।
“प्रतिनिधिसभाबाट दोश्रो पटक बहुमतले नागरिकता विधेयक पारित भई राष्ट्रपति समक्ष पठाईयो तर राष्ट्रपतिले नागरिकता विधेयल प्रमारिणकरण गरेनन् ।” उनले भने “नागरिकता विधेक पारित हुन्छ तर अब त्यसको लागि केही संघर्ष गर्नपर्छ ।”
विशिष्ट आसनबाट विकास तिवारीले भने “यो मुलुकको संघियता कसैले बचाउँछन त्यो हो जनता समाजवादी पार्टी नेपाल, यो पार्टीको ठुलो उपलब्धीहरु यतिकै चम्किरेको छ, कृषि विश्व विद्यालयको स्थापना, रामराजा प्रसाद विज्ञान प्रतिष्ठानको स्थापना लगायतको सप्तरीमा धेरै उपलब्धीहरु रहेका छन ।”
सो कार्यक्रममा जसपा नेता निरज मुक्ति, संघिय परिषद सदस्य जितेन्द्र खड्का, तारकेश्वर यादव, प्रदेश समितिका संघिय परिषद सदस्य नवनित झा लगायतका विभिन्न नेता कार्यकर्ताहरु उपस्थित रहेका थिए ।