क्रान्ति केन्द्र सम्वाददाता
ईन्जिनियर सन्जित यादवले सप्तरी क्षेत्र नम्वर ३(क) अन्तर्गत रहेको विभिन्न १४ वडाको १५ जना गरिब विपन्न परिवारको विधार्थीका एक वर्षको पढाई खर्च ब्यहोर्ने घोषणा गरेका छन् ।
आज शनिबार एक कार्यक्रम बिच विष्णुपुर गाउँपालिका -७ ईटहरीका विपन्न परिवारको कक्षा १०मा अध्यनरत पुजन कुमारी मंडललाई एक वर्ष को पढाई खर्च दिई कार्यको सुरुवात गरेका छन् ।उनलाई कपडा, ब्याग, कपी , कलम प्रदान गरेका थिए । शिक्षक मोहम्मद मुखतार खानसंग समन्वय गरि वर्ष भरिको ट्यूसन नि:शुल्कमा पढाउने व्यवस्था मिलाएका ईन्जिनियर यादवले बताए ।
उनले वर्षौ दिन देखी क्षेत्रको एक नगरपालिका र २ गाउँपालिकाका सम्पूर्ण जनताहरुलाई आफ्नो परिवारिक कम्पनी बाट निःशुल्क घरको नक्साबनाउने सेवा संचालनमा रहेकोले स्थानीयसंग सेवा लिन आग्रह गरेका छन् ।
उक्त कार्यक्रममा विष्णुपुर गाउँपालिका वडा-७ का वडा अध्यक्ष लोचन साह , युवा नेता रामनाथ राम, विशिष्ट अतिथि प्लान्ट क्वारेन्टाइन समितिको सदस्य राजेश राय (राहुल), विशिष्ट अतिथि राष्ट्रिय चिया तथा कफी विकास वोर्डको कार्यकारी सदस्य सत्येन्द्र नारायण यादव, वडा सदस्य अशोक राम, गंगाई मंडल, बिष्णु मंडल, शिक्षक मुक्तार खान, युवा संघको जिल्ला उपाध्यक्ष केदार यादव, युवा संघको जिल्ला उपाध्यक्ष सिकन्दर मंडल, क्षेत्रीय सदस्य जोगिन्द्र यादव, समाजवादी विधार्थी संघको जिल्ला उपाध्यक्ष मिथलेश यादव, समाजसेवी उमेश मंडल, ओम मंडल, संतोष यादव लगायतको उपस्थिति रहेको थियो ।