श्रवण वत्स
सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहमा जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ ।नागरिकता विधेयक प्रमाणित नगरेको विरोधमा आज शनिबार भारदह चौक स्थिति विपि स्कुलबाट निकालिएको विरोध जुलुस भारदह बजारको परिक्रमा गरी चौकमा कोणसभामा परिणत भएको थियो।
प्रतिनिधिसभाबाट दोश्रो पटक बहुमतले पारी भई राष्ट्रपति समक्ष पठाईएको प्रमाणित गर्न भण्डारीले नागरिकता प्रमाणिकरण नगरी आफ्नो १५ दिनका समय सिमा सकाईएको विरोधमा जनमत पार्टीका नगर समिति अध्यक्ष निर्मल यादवको अध्यक्षतामा विपि स्कुलबाट निकालिएको विरोध जुलुस पोर्तहा बजार हुँदै भारदह चौकमा पुगेर राष्ट्रपतिको पुतला दहन गरेका थिए ।
नागरिकता विधेयक प्रमाणित गर, राष्ट्रपति विद्यादेवी भण्डारी चोर राजीनामा दे सहित कस नरा लगाउदै भारदह बजारको परिक्रमा गरेर चौकमा राष्ट्रपतिको पुतला दहन गरेका थिए । “राष्ट्रपति सिंगो देशको भलो चाहिँदैन, एमालेपार्टीको मात्र भलो चाहिँन्छ यस्तो राष्ट्रपतिलाई जिम्मेवार पदमा बस्न अधिकार छैन, तुरन्त राजिनामा दिनुपर्छ ” अध्यक्ष यादवको भनाई छ ।
सो कार्यक्रममा हनुमाननगर कंकालिनी नगरपालिका- १ भारदहका वडा अध्यक्ष सुरेन्द्र मण्डल, वडा ४ का वडा अध्यक्ष मोली मण्डल, वडा समिति अध्यक्ष प्रदिप मण्डल, संजिव गैम, भोगेन्द्र शर्मा, रेखा देवी मण्डल, करियाही देवी सदा रमेश पण्डित लगायतका जनमत पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेका थिए ।