क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीमा प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा आएको दुई हप्ता पनि नबित्दा उनको सरुवा भएको छ । गत भदौ २७ गते जिल्ला प्रशासन कार्यालय,सप्तरीमा सिडिओमा हाजिर भएका खतिवडालाई बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेश जनकपुर सरुवा गरिएको हो।
बिहीबार गृह मन्त्रालयबाट भुपेन्द्र थापा प्रमुख जिल्ला अधिकारीको रुपमा सप्तरी आएका छन् । सप्तरीका प्रजिअ रहेका जनार्दन गौतमको उदयपुर सरुवा भएपछि खतिवडा सप्तरी आएका थिए ।
चुनावको बेलमा बारम्बार सिडियो फेरिनेले स्थानीयको मनमा शंका उत्पन्न हुन थालेको छ ।