श्रवण बत्स
सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा ७ हाटीमा दिलकश युवा क्लवद्वारा चलिश्वा दाहा मेला सोमबारबाट ४ दिनको लागि सुरु भएको छ । एक समारोह बीच सो मेलाको उद्धघाटन सोही गाउँपालिकाका नव निर्वाचित अध्यक्ष विद्यान्नद चौधरीले गरेका थिए ।
उद्धघाटन गर्दै चौधरीले “एउटा रुखको फुल त कुनै मालामा जान्छ, त कुनै देवतामा चढ्छ र कुनै रुखमै सुखेर खैर जान्छ । त्यस्तै हामी पनि हौ, एउटै हो तर सबै आ–आफ्नो धर्म अनुसारको सांस्कृति जोगाउँदै छौ, धर्म जुन सुकैकिन्न नहोस तर धर्मको सम्मान गर्नु पर्छ, म सदैव धर्म संस्कृति र विकास प्रति तत्पर रहने छौ ।” भने
त्यस्तै कार्यक्रमको प्रमुख आतिथि लोसपाका युवा नेता ईन्जिनियर सरोज कुमार मण्डलले “हाम्रो जन्म मिथिलामा भएको हो, मिथिलामा सदैव सबै धर्म र संस्कृतिको सम्मान हुदैँआएको छ, धर्म जुनसक्कै किन्न नहोस तर त्यसको सम्मान गर्न जरुरी छ ।” भने
सोही अवसरमा मेला समितिका अध्यक्ष दुलार मंसुरीले प्रमुख आतिथि, विशिष्ट आतिथिगण र अतिथिगणहरूलाई फूलको माला र गम्छा लगाई स्वागत गरेका थिए ।
सो कार्यक्रममा लोसपाका क्षेत्रीय संयोजक महेन्द्र खंग, लोसपा नेपालका जिल्ला कार्यकारणी सदस्य रवीन्द्र कुमार मंडल, सदस्य सफिद मंसुरी, सुर्यकान्त मिश्र, कपिलेश्वर मंडल, रणजीत मंडल उपस्थित रहेका थिए ।