प्रवेशकुमार बाबुल
सप्तरीको शम्भुनाथ नगरपालिका-३ कञ्चनदाहाककी घुरनी देवी राम आरोपी छुटे परिवारलाई खतरा हुने डर रहेको भन्दै न्यायकोलागी गुहार गरिराखेकी छिन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो पीडा सार्वजनिक गरेकी हुन् ।
छोरीको बलात्कार तथा पतिको हत्यामा संलग्न रहेका आरोपी छुटे परिवारलाई ज्यानजाने खतरा रहेको उनको भनाई छ ।
रामले आज भन्दा ४ बर्ष पहिला स्थानीय बबी चौधरी, मनोज साह, अर्जुन साह, अजय चौधरी र एथलेटिक चौधरीले आफ्नी नबालीक छोरीमाथि सामुहिक बलात्कार गरेको बताईन् । त्यसै घटनामा न्यायकोलागी लड्दा पतिलाई गुमाएको उनले पिडा सुनाईन् । उनले भनिन् “बलात्कारमा संलग्न रहेकालाई कारवाहीको माँग गर्दा उनिहरुको आफन्तहरुले धम्की दिईराख्थ्यो र धम्की अनुसार नै २०७७ असार २९ गते पति त्रिभुवन रामलाई वेपत्ता पारियो, त्यसको भोली पल्ट मुतनी नदीमा टाउकोमा चोट देखिएको, कानबाट रगत बगेको अवस्थामा पतिको शव फेला पर्यो ।” घटना पश्चात प्रहरीले अनुसन्धान थाल्दा केहि दिन पश्चात सोही ठाउँका प्रभु साह, शम्भु चौधरी, पंकज चौधरी र सुरेन्द्र पाललाई पुर्पक्षका लागि कारागार पठाइएको उनले बताइन् । घटना गराउने ३ जना अझै फरार रहेको उनको भनाइ छ । यता पुर्पक्षका लागि कारागारमा रहेकालाई यी चारै जनालाई धरौटीमा छाड्ने गाउँभरि नै हल्ला रहेको उनले भनिन् । “उनीहरु छुट्यो भने हाम्रो परिवाका सबैलाई मारेर छाड्छ ” उनले बताईन् ।
उनले यसअघि छोरीको बलात्कार घटनामा पक्राउ परेकामध्ये बबी चौधरी बाहेक सबै धरौटीमा छुटिसकेको बताईन् । बलात्कार घटनाका दोषीहरु छुटेको हेरर पतिको हत्यारा पनि छुट्ने उनलाई चिन्ता थपिएको छ ।
उनको ३ छोरी र एक ७ वर्षीय छोरा रहेका छन् । आरोपी छुट्दा परिवारका सबै सदस्यलाई ज्यानजाने खतरा रहेको भन्दै उनी न्यायकोलागी गुहारी रहेकी छिन् ।