क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको राजविराजमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताकार्यकर्ताहरुद्वारा विरोध प्रदर्शन गरिएको छ । आज संविधान दिवसलाई कालो दिनको रुपमा मनाउँदै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । हात तथा टाउकोमा कालो झण्डा लगाएर राजविराज भरि परिक्रमा गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले असोज तिन कालो दिन, विभेदकारी संविधान संशोधन गर, नागरिकता विधेयक प्रमाणीकरण गर जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन् ।
एक स्थानीय नेताले संविधान विभेदकारी तथा अपुर्ण रहेको टिप्पणी गरेका छन् । संविधानमा सबै जनताको हक अधिकार नसमेटिएको उनले आरोप लगाएका छन् । नेपालमा रहेका एउटा जनताले पनि हकबाट बञ्चित गरिए संविधान पुर्ण हुनसक्दैन् उनले भनेका छन् ।















