क्रान्ति केन्द्र सम्वाददाता
संविधान दिवस-२०७९ को अवसरमा कारागार कार्यालय,सप्तरीबाट १७ जना कैदी रिहा भएका छन् ।राष्ट्रपतिबाट माफी पाएर आज एक जना महिला तथा १६ जना पुरुषसहित १७ जना रिहा भएको जेलर किशोर कुमार रामले जानकारी दिए ।कैदीहरुलाई रिहा हुने बखत रामले फेरि कुनै अपराध नगर्न, सभ्य रुपले जिवनयापन गर्न जस्ता सल्लाह दिएका थिए ।कारागार अगाडी रिहा हुनेहरुलाई लिन आफन्तको भिड लागेको थियो ।
संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ ।