क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव बिहिबार कार्यालयमा हाजिर भई पदभार ग्रहण गरेको छ । गाउँ कार्यपालिकाको कार्यालयद्वारा नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत यादवलाई स्वागत तथा सम्मान गर्दै हाजिरी गराएको हो ।
क्रान्ति केन्द्रसंगको सम्वादमा गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले गाउँपालिकामा अधिकृत हाजिर भएपछि कामले गति लिने बताएका छन् । उनले भने “अब गाउँपालिकाको कामले गति लिन्छ । चाँडै विकासको काममा लाग्ने छौं ।”
अधिकृत यादवले हामी जनताको सेवक हौं, शासक होइन भनेका छन् । उनले सबै कर्मचारीलाई विकासीय काम कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन् ।
गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल, उपाध्यक्ष फुल कुमारी साह, वडा अध्यक्षहरु दिनेश्वर मिश्र, कमल मंडल, रमेश मुखिया, मुनिलाल मुखिया, सत्यनारायण यादव लगायतका जनप्रतिनिधि तथा कार्यलयका कर्मचारीहरुले नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा माला, टिकाले भव्य स्वागत गरेका थिए ।