क्रान्ति केन्द्र सम्वाददाता
तिलाठी कोइलाडी-०१, तिलाठीमा सामुदायीक विपद् व्यवस्थापन समिति र बीतिय संस्था बिच समन्वय बैठक कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सोही वडाका वडा सदस्य चन्दन झाको प्रमुख आतिथ्य तथा जागरुक कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कोशी पीडित समाज(केभीएस)को सहयोगमा भएको उक्त कार्यक्रममा सहभागीहरुलाई बीतिय कारोबार समबन्धी जानकारी दिइएको थियो । कार्यक्रममा सहकारी संस्थाको तर्फबाट कार्यक्रमको अध्यक्षता गरिरहेको संस्थाका अध्यक्ष रंजित झा, सदस्य बिपिन यादव, कासिन्द्र खंग, सुरज मंडलले बोलेका थिए । केभिएसको तर्फबाट सुकदेव चौधरीले आफ्ना मन्तव्य राखेका थिए ।