क्रान्ति केन्द्र सम्वाददाता
राजविराज ।
जनता समाजवादी पार्टी नेपालले सप्तरी जिल्लामा११ सदस्यीय प्रचार प्रसार डेस्क गठन गरेको छ । मंगलबार जिल्ला प्रचार प्रसार डेस्क सप्तरीको प्रमुख उपेन्द्र प्रसाद साहले एक विज्ञाप्ती जारी गर्दै सो जानकारी गराएका छन् ।
डेस्कका प्रमुखमा उपेन्द्र प्रसाद साह, पदेन सदस्यमा बृजमान तमाङ्ग, सदस्यहरुमा श्याम यादव, मनोज बहङ्खेल, संतोष चौधरी, नारायण यादव, दिनेश साह, कमलदेव यादव, विरेन्द्र साह, अरविन्द्र यादव र राजु शर्मा रहेको छ ।
साहलाई गत शुक्रबार प्रचार प्रसार विभाग डेस्क प्रमुखमा नियुक्त गरेका थिए । उनी जसपा नेपालका मधेश प्रदेश परिषद सदस्य समेत हुन ।