क्रान्ति केन्द्र सम्वादाता
नेपालले बाढीबाट प्रभावित भएका पाकिस्तानलाई २ करोड रुपैयाँ बराबरको राहत सामग्री दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रीपरिषद्को निर्णयबाट पाकिस्तानलाई राहत सामग्री दिन लागेको जानकारी दिएको छ।
पाकिस्तानमा आएको बाढीबाट भएको क्षति प्रति दुख व्यक्त गर्दै नेपाल सरकारले सहायता स्वरुप २ करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री दिने निर्णय गरेको गृह मन्त्रालयको प्रेस विज्ञप्तिमा उल्लेख छ ।