क्रान्ति केन्द्र सम्वाददाता
राजविराज ।
राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी समिति सदस्य पदमा सुरजित कुमार सिंह मनोनित भएका छन् । राष्ट्रिय दुग्ध विकास बोर्ड ऐन, २०४८ को दफा ७ को उपदफा १ को देहाय (ठ) बमोजिमको कार्यकारी समितिको सदस्य पदमा सुरजित कुमार सिंहलाई मनोनयन गरिएको मनोनयन पत्रमा जनाइएको छ ।
एनेको दफा ७ को उपदफा (३) बमोजिम २ बर्षको पदावधिको लागि सिंहलाई कार्यकारी समितिको सदस्य पदमा मनोनयन गरेको भदौ २० गते कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र सिंह यादवद्वारा जारी गरिएको पत्रमा उल्लेख छ ।
सुरजित सिंह तिलाठी कोइलाडी गाउँपालिका-४ निवासी हुन ।