क्रान्ति केन्द्र सम्वाददाता
काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधयेक प्रमाणीकरणमा ढिला गरेको भन्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शनको साथै राष्ट्रपतिको पुत्ला दहन गरेका छन् ।
दुवै सदनबाट अनुमोदन भएको विधेयक संविधानको व्यवस्थाबमोजिम प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपतिले राजनीतिक आधारमा प्रमाणीकरण गर्न ढिलाइ गरिरहेको भन्दै नेविसंघले आइतबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि पुत्ला दहन गरेको छ ।
विद्यार्थीले पुत्ला जलाउँदै चर्को नाराबाजीसमेत गरेका थिए । प्रहरीले बल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पार्ने क्रममा प्रहरीमाथि ढुंगामुढासमेत भएको छ । त्रिचन्द्रमा अध्यययनरत दिनेश कार्कीले भने, ‘प्रहरीसँगको हानहानमा एउटा साथीको हातमा चोट समेत लागेको छ ।’