क्रान्ति केन्द्र सम्वाददाता
जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेश परिषद् सदस्य उपेन्द्र प्रसाद साहलाई सप्तरी जिल्लाको प्रचार–प्रसार डेक्स प्रमुखमा नियुक्त भएका छन् । केन्द्रिय प्रचार–प्रसार विभागको निर्णय अनुसार साहलाई शुक्रबार प्रचार–प्रसार विभाग डेस्क प्रमुखमा नियुक्त गरेको छ ।
जसपा मधेश प्रदेश प्रचार–प्रसार विभाग संयोजक अमरनाथ मण्डलद्वारा हस्ताक्षर पत्रमा साहलाई सो जिम्मेवारी दिएको छ । केन्द्रिय प्रचार–प्रसार विभागको निर्णय अनुसार सप्तरी जिल्लाको प्रचार–प्रसार डेस्क प्रमुखमा मनोनयन गरिएको छ, पत्रमा उल्लेख छ, सप्तरी जिल्लाभरीका पार्टीका गतिविधिहरुलाई प्रचार–प्रसार माध्यमबाट सम्प्रेषण गर्ने तथा पार्टीको मर्यादा परिधिभित्र रहि प्रचार–प्रसारको जिम्मेवारी निर्वाह गर्ने जिम्मेवारी तोकिएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ निवासी साह जन अधिकार फोरम २०६२ सालदेखि नै पार्टीमा आवध रहदै आएका साह, फोरम र राष्ट्रिय जनता पार्टी एक पनि उनि पार्टीको नियम अनुसार पार्टीमै आवध रहेका थिए, जनता समाजवादी पार्टी स्थापना भएपछि पनि उनि पार्टीका नियम अनुसार पार्टीमै आवध रहे, पछि गएर जसपाबाट लोकतान्त्रिक समाजवादी पार्टी फुटेपछि पनि उनि जसपामै आवध रहिरहे, उनि पूर्व जिल्ला सह–सचिव लगायतका बिभिन्न जिम्मेवारीमा रहि सक्रिय रहँदै आएका छन् ।