क्रान्ति केन्द्र सम्वाददाता
श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपालले भारतलाई ३–१ गोलले पराजित गर्दै समूह विजेता बनेको छ ।
शुक्रबार भएको समूह ‘बी’को खेलमा नेपालले भारतविरुद्ध सानदार जित निकाल्दै समूह विजेता बनेको हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाल भुटानलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । भुटानलाई पराजित गरेसँगै नेपाल सेमिफाइनलमा पुगेको थियो ।
खेलको सुरुमै गोल खाएको नेपालले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । नेपालको जितमा सरोज दर्नामी, युनेश बुढाथोकी र सुवास बमले गोल गरेका थिए । नेपाल समूह ‘बी’को विजेता भएसँगै भारत पराजित भए पनि उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ ।