क्रान्ति केन्द्र सम्वादाता
राजविराज नगरपालिकाका निवर्तमान मेयर शम्भु प्रसाद यादवको नाम प्रदेशसभा सदस्यका लागि सिफारिस गरिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले यादवलाई सप्तरीको निर्वाचन क्षेत्र नम्वर २ (ख)बाट प्रदेशसभा सदस्यका लागि सिफारिस गरेको हो ।
राजविराजमा बसेको पार्टीको क्षेत्र नम्वर २ समितिको बैठकले प्रदेशसभा सदस्यका लागि शैलेश कुमार चौधरी, डा. शरद सिंह यादव, बिनोद कुमार, शम्भु प्रसाद यादव र राजकुमार लाल दासको नाम सिफारिस गरिएको क्षेत्रिय अधयक्ष महेन्द्र खंगले जानकारी दिए ।
त्यस्तै २ (क)तर्फ प्रदेशसभा सदस्यका लागि बिनोद कुमार सिंह र सरोज कुमार मण्डलको नाम सिफारिस गरिएको छ ।