क्रान्ति केन्द्र सम्वाददाता
नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भदौ २५ गते शनिबार यस बर्षको जीतिया पर्व विशेष समारोह आयोजना हुनेभएको छ । अप्पन विराटगढ परोपकार समाजको आयोजनामा विराटनगरको महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा कार्यक्रम हुने अपन विराटगढ परोपकार समाजका अध्यक्ष बसुन्धारा झाले बताए ।
जीतिया पर्वको अवसरमा विगत ११ बर्ष देखि अप्पन विराटगढ परोपकार समाजले विभिन्न कार्यक्रमहरु गर्दै आएका अध्यक्ष झाले बताए । सोही अवसरमा यस बर्षको कार्यक्रममा प्रमुख अतिथि पुर्व प्रधानमन्त्री ओली रहने अध्यक्ष झाले बताए । कार्यक्रममा मैथिली क्षेत्रका चर्चित कलाकारहरुको समेत उपस्थित रहने उनले जानकारी दिए । उनले भने “जीतिया पर्व आफ्नो सन्तानको दीर्घायु कामनाको लागि मैथिल महिलाहरु गर्दैछन । जीतिया पर्व हरितालिका पर्व भन्दा पनि कठोरको पर्व हो ।”
मैथिली भाषा संस्कृति संरक्षण तथा प्रबर्धनका लागि अप्पन विराटगढ परोपकार स्थापना कालदेखि नै जितिया पर्व समारोह सहित विविध सांस्कृतिक कार्यक्रमहरु आयोजन गर्दै आएका सोहि संस्थाका सदस्य राजेश झाले जानकारी गराए । यस बर्ष सो कार्यक्रमको अवसरमा जितिया पर्वको महत्वपूर्ण बिषयमाथि चर्चा परिचर्चाका गरि पर्वको विशेषता बारे प्रचार प्रसार गरेर सबैको माझ लिएर जाने योजना रहेको झाले बताए ।उनले थपे ” जितिया पर्वलाई सरकारले हेय दृष्टिबाट हेर्दै आएका छन् ।त्यसैले हामीले यो पर्वको बारेमा सबैलाई बुझाउने योजना रहेको छ ।” । कार्यक्रममा मैथिली पारम्परीक गीत तथा नृत्यहरु समेत प्रस्तुत हुने उनले बताए । यस बर्ष जितिया पर्व असोज २ रहेको छ ।