क्रान्ति केन्द्र सम्वाददाता
राजविराज ।
अगामी प्रतिनिधि सभा चुनावको लागि सप्तरी क्षेत्र नम्वर २ बाट प्रत्यक्ष तर्फ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रिय अध्यक्ष महन्त ठाकुरको नाम सिफारिस गरिएको छ । मंगलबार जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा पार्टीको क्षेत्रीय भेला कार्यक्रममा नाम सिफारिस गरिएको पार्टीका कार्यकर्ता कपिल मुखियाले बताए ।प्रतिनिधि सभा प्रत्यक्ष तर्फ लोसपाका केन्द्रिय नेता जयप्रकाश ठाकुरको पनि नाम सिफारिस गरिएको मुखियाले बताए ।
प्रतिनिधि सभा समानुपातिक तर्फ दुलारी देवी खंग, अमरकान्त झा, लिला गुप्ता, पवित्री देवी र हेम मिश्र को नाम सिफारिस गरिएको छ ।
प्रदेशसभाका लागी क्षेत्र नम्बर २”क” बाट प्रत्यक्ष तर्फ विनोद कुमार सिंह र सरोज मण्डल तथा
समानुपातिक तर्फ केशव कुमार झा, उषा कुमारी मण्डल , विनोद कुमार मण्डल , रिका मेहता , महेन्द्र खंग खत्वे, विनोद कुमार सिंह , लक्ष्मी प्रसाद मण्डल , भोला प्रसाद मुखिया , विना देवी राय र मालती सदाको नाम सिफारिस गरिएको छ ।
प्रदेशसभाका लागी क्षेत्र नम्बर २”ख” बाट प्रत्यक्ष तर्फ शैलेश चौधरी , शम्भू प्रसाद यादव, शरद सिंह यादव , विनोद यादव र राजकुमार लाल दास तथा समानुपातिक तर्फ पुनम कुमारी यादव , रेणु कुमारी मण्डल , हरेकृष्ण प्रसाद सिंह, ललन मिश्र, अमिकला देवी यादव, लक्ष्मी देवी साफी, रिना झा, मोहम्मद हजारुल, हरिनारायण देव वैश्य, तपनुम वासो, रामआशिष प्रसाद साह र उजला सरवरियाको नाम सिफारिसमा परेको छ ।
लोसपाका कार्यकारणी सदस्य केशव झाको प्रमुख आतिथ्य तथा बिनोद सिंह र शैलेन्द्र चौधरीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता क्षेत्रिय संयोजक महेन्द्र खंगले गरेका थिए । कार्यक्रममा आउँदो मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको विषयमा चर्चा परिचर्चा भएको लोसपा नेता ललन झाले बताए । सो कार्यक्रमा केहि महिना अगाडी माओवादी प्रवेश गरेकी तिलाठी कोइलाडी गाउँपालिकाकी महिला नेतृ मालती सदा कार्यकारणी झाको हातबाट लोसपा पार्टीको सदस्यता प्राप्त गरीन् ।