क्रान्ति केन्द्र सम्वाददाता ।
राजविराज नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण विद्यालयहरुमा भोलि बुधबार शैक्षिक गतिविधि स्थगित रहने भएको छ ।
केहि दिन देखि बिरामी भई उपचाररत रहेकी श्री जनक आधारभूत विद्यालय राजविराज -१ का प्रा.शि. राहत शिक्षिका ममता कुमारी दासको २०७९ भदौ १९ गते आइतबार उपचारको क्रममा निधन भएको छ ।
राजविराज नगरपालिकाकी कार्यबाहक नगर प्रमुख इसरत परबिनद्वारा आज एक शोक विज्ञप्ति प्रकाशित गरी यस घटनाले नगरपालिका परिवार अत्यन्त दुःखी र मर्माहत भएको बताउँदै दिवंगत आत्माको चिर शान्तिको कामना गरि शोक सन्तप्त परिवारमा सम्वेदना प्रकट गरेकी छिन् ।
यस दुःखद घडीमा दिवंगत शिक्षिका प्रति शोक एवम् श्रद्धाञ्जली अर्पण गर्न भोलि बुधबार सबै विद्यालयहरुमा शोक सभा आयोजना गरि सम्पूर्ण शैक्षिक गतिबिधिहरु स्थगित राख्न सम्बन्धित सबैलाई कार्यबाहक प्रमुख परबिनले अनुरोध समेत गरेकी छिन् ।