Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

अझै सुचारु भएन तिलाठी भन्सारदेखि कुनौली बोर्डर सम्मको सडक

अझै सुचारु भएन तिलाठी भन्सारदेखि कुनौली बोर्डर सम्मको सडक

क्रान्ति केन्द्र सम्वाददाता ।
तिलाठी कोइलाडी गाउँपालिकामा अवस्थित रहेको राजविराज भन्सार कार्यालयदेखि पूर्व कुनौली बोर्डरसम्म अबरुद्ध भएको सडक अहिले सम्म सञ्चालनमा आउन सकेको छैन् । राजविराज भन्सारलाई भारतीय बजार कुनौलीसंग जोड्ने एक मात्र सडक यहि हो ।

करिब डेढ महिना अगाडि खाँडो र जिता नदीमा आएको बाढीले भन्सार भन्दा करिब २०० मिटर पूर्वमा सडक भत्काएको थियो । यसै सडकले तिलाठी कोइलाडी गाउँपालिकालाई पूर्वी भेगमा रहेको छिमेकी नगरपालिका हनुमाननगर कंकालिनीसंग समेत जोड्ने गर्दछ । सडक भत्किएको केही दिनपछि स्थानीय बासिन्दाहरुले आफ्नै पहलमा माटो बोरा हाली पैदल हिँड्न मिल्ने गरी सडक मर्मत गरेका थिए ।

त्यस पश्चात सरकारी स्रोतबाट होम पाइप समेत राखि सामान्य मर्मत गरिए पनि उक्त सडक पूर्ववत सुचारु हुन सकेको छैन् । अहिले सो भत्किएको स्थानमा केबल पैदल यात्री, मोटरसाइकल र सिटी रिक्सा मात्र पार हुन सक्ने अवस्था रहेको छ ।
तर महिनौं बितिसक्दा सक्दा पनि त्यसको ठोस रुपमा मर्मत सम्भार नगरिएकाले अझै पनि चारपांग्रे गाडी सहज रुपमा गुड्न सकेको छैन् । उक्त सडक खण्डमा अहिले चारपांग्रे गाडी गुडाउनु जोखिमपूर्ण रहेको एक स्थानीय सवारी चालकले बताए ।

दशगजा क्षेत्रमा रहेको जीता नदीको वारी राजविराज भन्सार कार्यालय र पारी भारतीय कुनौली बजार रहेको छ । भन्सारलाई कुनौली बजारसंग सिधै जोड्ने कुनै पक्की पुल छैन् । जसका कारण भारतीय बजारबाट भन्सार कटाउन आउने मालबाहक गाडीहरु भारतीय बजार हुदैं करिब ३ किलोमिटरको दूरी पार गरेर हनुमाननगर कंकालिनी नगरपालिकाको मल्हनियाँ (कुनौली बोर्डर) हुँदै ल्याउनुपर्ने बाध्यता छ ।

अहिले यो सडक भत्किएर बाटो अबरुद्ध भएपछि त मालबाहक गाडीलाई भन्सारसम्म पुग्न हनुमाननगर कंकालिनी नगरपालिकाको मल्हनियाँ गाउँको भित्री सडक भएर जाने बाटो छ वा हनुमाननगर बजार हुँदै सकरपुराको बाटो भएर करिब १०/१२ किलोमिटरको दुरी पार गरेर जानु पर्ने बाध्यता छ । यसले भन्सारको राजस्व संकलनमा प्रत्यक्ष असर पारेको छ भने राजश्व छलीलाई समेत बढाबा मिलेको स्थानीय बासिन्दाहरूको भनाई रहेको छ ।

भारतीय सीमा क्षेत्र दशगजासंग जोडिएको सडक भएकाले सुरक्षा संवेदनशीलताको हिसाबले समेत खतरापूर्ण रहेको बोर्डरका एक सुरक्षाकर्मीले बताएका छन् । उक्त सडकमा सो स्थानमा पुल निर्माण गर्ने काम बाँकी रहेकाले सडक निर्माणको काम समेत भएको छैन् । ठेकेदार कम्पनीले सो भन्दा पूर्व बोर्डरसम्मको सडक निर्माण कार्य सम्पन्न गरे पनि पुलको कारणले यो स्थानमा काम गरेको छैन् ।

भारतीय छिमेकी बजारसंग हुने दैनिक व्यापार र भारतसँग रहेको रोटीबेटीको सम्बन्धका कारण सडक अबरुद्धले निकै नै समस्या सिर्जना गरेको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष दिनेश्वर मिश्रले बताए । ठेकेदार कम्पनीले चाँडो सडक सुचारु गर्ने व्यवस्था मिलाउन उनले सम्बन्धित निकायसंग आग्रह समेत गरे ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology