क्रान्ति केन्द्र सम्वाददाता।
मधेस प्रदेशका सभामुख सरोज यादवलाई पितृशोक परेको छ । सभामुख यादवको पिता परमानन्द प्रसाद यादवको निधन भएको छ ।
यस दु:खद घडीमा दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
आज मुख्यमन्त्री राउतद्वारा जारी गरिएको एक शोक सन्देशमा सभामुख यादवको पिताको असामयिक निधनको खबरले स्तब्ध बनाएको उल्लेख गर्दै शोकसन्तप्त परिवार प्रति गहिरो समवेदना व्यक्त गर्दै इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनि कामना गरेको छ ।