क्रान्ति केन्द्र सम्वाददाता
महादेवा गाउँपालिका वडा नम्बर ४ बलियाको मुस्लिम टोल जाने बाटो जर्जर रहेको छ । यो सडक वडा कार्यलय नजिकै रहेको छ । तर पनि वडा अध्यक्षले यसमा चासो नलिएको स्थानियको आरोप छ । वडा अध्यक्षको दोस्रो कार्यकालमा पनि यस बाटोमा ध्यान नपुगेको स्थानियको आरोप छ । एक स्थानियका अनुसार त्यहाँको मुस्लिम टोल जाने त्यो मुख्य बाटो हो । स्थानियले पटक पटक वडा अध्यक्षलाई तगेदा गर्दा पनि यस टोलको जनताले मलाई भोट नदिएको भन्दै बाटो नबनाएको आरोप लगाएका छन् ।
यस बिषयमा त्यहाँका वडा अध्यक्षसंग फोन सम्पर्क गर्न खोज्दा उनको फोन लाग्न सकेन् ।